१९ बैशाख २०८१, बुधबार | May 1, 2024

सर्वोच्चको आदेशसँगै प्रचण्डसँग सम्बन्धित रिट भोली दर्ता हुने



काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिए पछि दुईं बर्ष पछि अर्थात आइतबार रिट दर्ता गरिन लागेको हो ।

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन ।

दर पिठ भए पछि पुनः कात्तिक २४ गते भएको दरपिठविरुद्ध उनीहरू पुनः मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठविरुद्ध रिट लिएर पुगेका थिए । सोही रिटमा सुनवाई गर्दै न्यायधिसद्धय खतिवडा र फुयाँलले मुद्धा दर्ता गर्न आदेश दिएका छन ।

शुक्रबार ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आइतबार आदेशको प्रतिलिपि लिई रिट आइतबार मुद्धा दर्ता गरिने अधिवक्ता ज्ञानेन्द्रराज आरणले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : ०६ बजे

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट

काठमाडौं । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य

अन्तर्राष्ट्रिय श्रमिक दिवस : घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

तनहुँ । व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३