२ पुस २०८२, बुधबार | December 17, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर

राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग



काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले नक्कली नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर गरेकोछ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जना विरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र किर्तेको मुद्दा लगाउने निर्णय गरेको हो। उनीहरुबाट २८ करोड बराबरको विगो माग गरिएको छ ।

यसअघि प्रहरीले झण्डै दुई महिना लगाएर उनीहरु विरुद्ध अनुसन्धान गरेको थियो । ३० जना मध्ये १४ जना फरार रहेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ५ : ११ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि