२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नक्कली भुटानी शरणार्थी प्रकरण : सुरुभयो थुनछेक बहस



काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा परेको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा शुक्रबार अभियुक्तहरुको बयान सकिएसँगै आजबाट थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजबाट थुनछेक बहस सुरु भएको हो ।

जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलले पहिलो बहस सुरु गरेका छन् । इजलासमा जाहेरीकर्ताको तर्फबाट बहसका लागि न्यायाधीश न्यौपानेले तीन दिनको समय प्रदान गरेका छन् । यस्तै प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय तोकिएको छ । थुनछेक बहस सम्पन्न भए पश्चात अर्को साताको बुधबार आदेश सुनाउने न्यायाधीश न्यौपानेको तयारी छ । थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः आदेश आउनेछ ।

आजै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई थुनछेक बहसका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । आज नेकपा एमाले निलम्बित सचिव टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि अदालत उपस्थित गराइएको हो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्र जित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश न्यौपानेलगायतले बयान लिएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई सङ्गठित अपराध, किर्ते, ठगी तथा राज्य विरुद्धको आरोप सहित चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा १० दिन अघि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १२ : १८ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ