६ पुस २०८२, आइतबार | December 21, 2025

मोर्चा सजिलै बनेको होइन, पापड बेल्नु पर्दोरहेछ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चा बनाउन पापड बेल्नुपरेको बताएका छन् । कुनै पनि काम गर्न सजिलो नहुने बताउँदै यसमा पनि निकै गृहकार्य गरिएको उल्लेख गरे ।

समाजवादी मोर्चा घोषणापछि सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि काम गर्न सजिलो हुँदो रहेनछ । सजिलै गरी नेता बसेका होलान्, सहमति गरेका होलान्, तर त्यसो होइन । शब्द-शब्दमा छलफल गरेका छौं । विषयवस्तुमा गम्भीर बहस गरेका छौं । आजमात्रै सहमति पत्रको अन्तिम रुप दिएका छौं ।’

केहीलाई मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न बनाएको लागेको बताउँदै त्यस्तो नभएको स्पष्ट पारेका छन् । उनले थपे, ‘सवै सकारात्मक शक्ति एकताबद्ध गर्न बनेको हो । समाजवादी शक्तिको जनतामा रहेको प्रभाव विस्तार गर्न, सुशासन सुनिश्चित गर्न, राजनीतिमा रहेका विकृति र विसंगति अन्त्य गर्नका लागि एकताबद्ध भएर अघि बढ्न चाहन्छौं । कुनै पार्टीलाई घुर्क्याउन होइन । तर्साउन चाहेका होइन ।’

अग्रगमन र प्रगतिको पक्षमा नभएकाहरु तर्सिएको उनले बताएका छन् । मोर्चा पहिलोपटक नबनेको तर नयाँपन रहेको उनको भनाइ छ । नेता नेपालले २०४६ सालमा बहुदल ल्याउन वाम मोर्चाका साथै अन्य शक्ति मिलेर बनाएको स्मरण पनि गरे। यसैगरी संघीय गणतन्त्र ल्याउन ७ दलीय मोर्चा बनाइएको उनले बताए ।

सरकारमा भएका र नभएका दुवै मिलेर बनेको बताउँदै नेपालले त्यही यसको विशेषता रहेको बताए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : ०३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको