२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

नेपालगन्जका काठमिलमा वन कार्यालयको छापा : ठुलो परिमाणमा अबैध काठ बरामद



नेपालगन्ज । नेपालगन्ज र त्सस आसपासका काठमिलहरुबाट लुकाएर राखिएको ठुलो परिमाणको अबैध काठ बरामद गरिएकोे छ । नेपालगन्ज आसपासका विभिन्न तीन वटा काठ मिलमा छापा मारेको डिभिजन वन कार्यालय बाँकेले ठु्लो परिमाणको सालको चिरान काठ र खयरका गोलिया बरामद गरेको हो ।

काठमिलहरुबाट झण्डै २५० क्युफुट काठ बरामद भएको सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेले जानकारी दिए । उनका अनुसार विभिन्न ठाउँबाट अवैध काठ ओसारपसार गरी चिरानका लागि जिल्लामा रहेका सःमिलमा राखेको भन्ने सूचनाका आधारमा बाँकेका तीन वटा मिलमा छापा मारेर अवैध काठ बरामद गरिएको हो ।

कार्यालयबाट अनुगमनमा खटिएको टोलीले १९१.७८ क्यूफुट अवैध सालको चिरान काठ र ५१.०२ क्यूफुट अवैध खयरको गोलिया बरामद गरेको कार्यालयले जनाएको छ । मङ्गलबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २०, राँझास्थित मनकामना सःमिलबाट ९४ थान सालको ५१.८२ क्यूफुट चिरान काठ र जानकी गाउँपालिका ६, पिप्रहवास्थित शिवशङ्कर सःमिलबाट १ सय ४९ थान सालको १ सय ३३.९६ क्यूफुट चिरान काठ बरामद गरिएको पार्धेले जानकारी दिए ।

त्यसैगरी बुधवार बिहान जानकी गाउँपालिका ३, मानपुरस्थित जनता सःमिल प्रालिबाट ५६ थान खयर गोलियाको ५१.०२ क्यूफुट काठ बरामद गरिएको उनले बताए ।

बरामद गरिएका सबै काठहरु डिभिजन वन कार्यालय बाँकेमा राखिएको छ। बरामद गरिएका काठ र त्यसमा संलग्न व्यक्तिका बारेमा थप अनुसन्धान थालिएको पार्धेले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : ४३ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात