२४ श्रावण २०८३, आइतबार | August 9, 2026

दीर्घकालिन योजनामा सामाजिक संघसस्थाहरु



बुटवल । सामाजिक कार्यमा अग्रसर रहेका संघसंस्थाहरु समाजको समस्या पहिचान गर्दै समुहगत रुपमा अघि बढ्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ३० औ नियमित बैठक तथा समाजमा संघसंस्थाहरुको भुमिका विषयमा कार्यक्रममा बोल्ने बक्ताहरुले दीर्घकालिन योजनासहित योजना बनाएर अघि बढन्पर्ने सुझाव दिएका हुन ।

रोटरीको मुख्य लक्ष्य पोलियो उन्मुलन, स्वस्थ सचेतना, गरिबी, साक्षरता, भोकमरी, दैवीप्रकोपमा सहयोग, खानेपानी तथा सेनिटेसनको क्षेत्र भएको भन्दै यसमा सहकार्य गरि अघि बढ्न सकिने क्लबका अध्यक्ष गोपाल ज्ञवालीले बताए । ब्यवसायिक कामसंगै सेवाको भावना विकास गर्न संघसंस्थाहरुको खाचो रहने उनले बताए ।  यो वर्ष वृक्षारोपण र रक्तदान कार्यक्रमको तयारी गरिएको उनले जानकारी दिदै यसमा सबैको साथ जरुरी रहेको बताए ।

क्लब ईडिटर रमेशमणि सुवेदीले रोटरीमा रहेर समाजलाई केही दिने रुपमा संगठित हुने संस्थाको रुपमा रहेको भन्दै संस्थामा आवद्घता किन र के को लागि भनेर जानकारी गराएका थिए । संस्थाले ब्यक्तिमा नेतृत्व, संचार, संगठनको विकास गर्दै सामाजिक काममा अग्रसर गराउने उनको दाबी छ । कार्यक्रममा प्रतिष्ठित उद्योगी तथा समाजसेवी नवराज श्रेष्ठले आफनो अनुभव सुनाउदै हरेक क्षेत्रमा ब्यवस्थापनको पाटो महत्वपुर्ण भएको बताए ।

समुदायबाट राम्रो कुराहरु सिक्नुपर्ने र आफनो जिवनमा लागु गर्न सके सफलता हासिल हुने उनको तर्क छ । कर्पोरेट म्यानेजमेन्ट सिस्टम, घरपरिवारसंग सम्बन्ध, यसैगरि सरकारी करको विषयमा समेत ध्यान दिए उद्योगी ब्यापारी सफल हुने उनले बताए ।

बुटवल आफैमा ऐतिहासिक स्थान भएकाले पनि यसको विकासमा सबेैको योगदान जरुरी रहेको भन्दै उनले सिद्धबाबा क्षेत्रको सडक, नया औद्योगिक कोरिडोर लगायतका विकासको काममा सबै एकमत नहुदा ढिलाई भएको दुखेसो गरे ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष रमेश खनालले यस क्षेत्रमा सामाजिक संघसंस्थाको योगदान महत्वपूर्ण रहेको दाबी गरे । शिक्षा, स्वस्थ्य र विकास निमार्णमा समेत विभिन्न संस्थाहरु लागेको उनले बताए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : ४६ बजे

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते

काठमाडौं । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौं । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।