३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध, कतै खुले, कतै खुल्दै



काठमाडौं । नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् ।

अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ ।

अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायतका सडक अवरुद्ध रहेका छन् । यीमध्ये अधिकांश सडक गत बिहीबारदेखि परेको नियमित वर्षाका कारण अवरुद्ध बनेका थिए । अरनिको राजमार्गमा लामोसाँघु बाह्रबिसे सडकमा करिब १०० मिटर सडक पूरै सुनकोशी खोलाले बगाएको छ । सो सडक खुल्न कम्तीमा १० दिन लाग्नसक्ने अनुमान गरिएको छ ।

त्यस्तै खग्दोलस्थित १८० मिटर सडक भोटेकोशी खोलाले बगाएको छ । खग्दोल पुलमा माथिबाट आएको पहिराका कारण अवरुद्ध भएको छ । बिहीबार बिहान अवरुद्ध सडक र पुल खुल्न अझै कति दिन लाग्छ भनी यकिन गरिएको छैन । डिभिजन सडक कार्यालय चरिकोटले सो सडकको निरीक्षण गर्न नसकिएको जनाएको छ ।

सोही राजमार्गमा जम्बुस्थित ६० मिटर सडक वर्षाले बगाएको छ भने झ्यालेमा पुल बगाएको छ । चाकुमा १८० मिटर सडक पहिराका कारण अवरुद्ध भएको र डाक्लाङ्गस्थित सडक पहिराका कारण अवरुद्ध रहेको विभागले जानकारी दिएको छ ।

बेनी जोमसोम कोरोला सडकमा म्याग्दीको दाना र गलेश्वर सडक पनि वर्षाका कारण अवरुद्ध भएको छ । सो सडकमा माथिबाट आएको पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको थियो ।

साँफेबगर–मार्तडी सडकको अम्कोट द्वारी खण्डमा बूढीगङ्गा नदीको बहाव बढ्दा पाँच सय मिटर सडक क्षतिग्रस्त बनेको थियो । अछामको साँफेबगर–मार्तडी सडक बिहीबारदेखि बूढीगङ्गा नदीको बहावका कारण ५०० मिटर सडकमा क्षति पुगेको थियो ।

बिहीबारदेखि अवरुद्ध सडक खुलाउन नसकिएको विभागले जनाएको छ । विभिन्न स्थानका सडक आंशिकरुपमा सञ्चालनमा आएका छन् । महेन्द्र राजमार्गस्थित बाँके भन्सार सडकखण्डमा चपुरदेखि तीन किमी पूर्वजुडवेला कजवेमा अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि अवरुद्ध सडक आज आंशिकरुपमा खुलाइएको छ ।

सो सडक पूर्णरुपमा खुलाउन कति दिन लाग्छ भनी वर्षामा निर्भर रहने पनि विभागले जनाएको छ । बिपी राजमार्गको नै कमेरेफाँटमा सडक पहिराका कारण अवरुद्ध छ । सो सडकमा रहेको केही पहिरो हटाएर आंशिकरुपमा सञ्चालनमा ल्याइएको छ भने व्याकहोल्डर र टिपरले पहिरो हटाउने काम भइरहेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ३० बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा