१९ बैशाख २०८३, शनिबार | May 2, 2026

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : महासचिव पोखरेल



वीरगन्ज । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् ।

प्रेस चौतारी पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको बताए ।

“हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ”, उनले भने, “उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, प्रतिपक्षको समान्य कुरासमेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सृजना भएको छ ।” आफूहरुले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने उनको भनाइ थियो ।

राज्यका सुरक्षा निकायप्रति आफूहरुको कुनै आशङ्का नरहेको उल्लेख गर्दै महासचिव पोखरेल सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरु मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट पारे । ।

दोषी नछुटोस् र निर्दोष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउँदै ठूलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ, निष्पक्ष छानबिन गर्न दिनुपर्नेमा उनले जोड दिए ।

संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको स्पष्ट पार्दै महासचिव पोखरेलले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाए ।

मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता औँल्याँदै उनले बलियो राजनीतिक शक्ति निर्माणका लागि नेकपा एमाले ‘मिसन २०८४’ अभियान सञ्चालन गरी बलियो राजनीतिक शक्ति निर्माणमा अघि बढेको बताए। पत्रकार सम्मेलनमा एमाले सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई, एमाले नेत्री तथा पूर्वमन्त्री ज्वालाकुमारी साहलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ४ : ५० बजे

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान

दोहामा बृद्धजयन्ती मनाइयो

काठमाडौं । पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन