१९ बैशाख २०८३, शनिबार | May 2, 2026

हिजो स्थगित समाजवादी मोर्चाको बैठक आज बस्दै



काठमाडौं । ४ दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज (सोमबार) बिहान बस्ने भएको छ ।

यसअघि आइतबार साँझ ६ बजे बस्ने भनिएको उक्त बैठक विविध कारणले बस्न नसकी सोमबार बिहान ७:३० बजे बस्ने गरी तोकिएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिए ।

खतिवडाका अनुसार सोमबारको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ। यसैगरी उक्त बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ। बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चामा सत्तारूढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रहेका छन् ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ७ : १४ बजे

दोहामा बृद्धजयन्ती मनाइयो

काठमाडौं । पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित