८ चैत्र २०८२, आइतबार | March 22, 2026

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजबाट सुरु



बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा आजदेखि हुँदै छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज र भोली हुने अधिवेशनका लागि विभिन्न जिल्लाहरुबाट प्रतिनिधिहरु बुटवलमा आइसकेको एमालेले जनाएको छ ।

अधिवेशन उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरु शनिबार बुटवल आउँदै छन । केन्द्रीय तहका केही नेताहरु भने केहीदिनअघिदेखि नै बुटवलमा आएर बसेका छन् । मुलुक संघीयतामा गएसँगै तयार भएको संरचनात्मक संगठन अनुसार पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनलाई चासोका साथ हेरीएको छ ।

शनिबार पहिलो दिन उद्घाटनसत्र गरी भोलि आइतबारदेखि बन्दसत्र सुरु हुने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने हुँदा आफू अनुकुल नेतृत्व छनोटमा शिर्ष नेताहरुले केही दिनअघिदेखिनै आन्तरिक छलफल तथा तयारी गरेका छन् ।

यो वर्षलाई अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेले यस लगत्तै अन्य प्रदेशहरुमा पनि अधिवेशनको तयारी अघि बढाएको छ । लुम्बिनीको पहिलो अधिवेशनले पार्टी र मुलुकलाई नयाँ सन्देश दिने नेताहरुले दाबी गरेका छन् ।

सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे १२ बजे गर्ने भएका छन् । उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र बिष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पदमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने एमाले लुम्बिनी प्रदेशका अध्यक्ष तथा अधिवेशन प्रतिनिधि राधाकृष्ण कंडेलले बताए ।

सम्मेलन पूर्व बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन् । सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी हुनेछन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ७ : ४३ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय