५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

पार्टीभित्र घात अन्तर्घातको प्रवृति बाँकी छ : विष्णु पौडेल



बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र अझै पनि घात अन्तर्घातको प्रवृति बाँकी रहेको बताएका छन् ।

एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले गत चुनावको उदाहरण दिँदै भने, ‘चुनावमा अधिकांश स्थानमा जित्नै पर्ने ठाँउमा हारेको र जितेको ठाँउमा पनि बालबाल जितेको अवस्था छ । पार्टीभित्र अझै पनि घात अन्तर्घात बाँकी रहेको छ।’

उपाध्यक्ष पौडेलले एमालेलाई घेरा हाल्ने प्रयत्न सबैतिरबाट भएको बताए । तर उनले एमालेलाई चक्रव्युहमा कसैले पार्न नसक्ने दाबी गरे । उनले भने, ‘एमालेलाई घेरा हाल्न सकिएला, चक्रब्युहमा पार्न कसैले सक्ब्दैन । एमालेलाई प्रहार गर्न सकिएला समाप्त गर्न सकिँदैन भन्ने प्रमाण यो अधिवेशनले साबित गर्नु पर्छ ।’

पौडेलले दलाल र बाह्य शक्ति पार्टी छाडेर गयो भनिए पनि पार्टीमा अहिले पनि त्यस्ता तत्वहरू रहेको बताए । उनले पार्टीमा रहेका ती तत्वहरूको निर्मम समीक्षा गर्न जरूरी रहेको जिकिर गरे ।

पार्टीको नीति र विधिमा कुनै विवाद नरहेको बताउँदै उनले विवाद खडा गर्नेहरुको प्रयास पानीको फोका बन्ने बताए ।

पौडेलले पार्टी र गुट फरक बिषय भएको जिकिर गर्दै गुट र पार्टी कहिल्यै सँगै हिँड्न नसक्ने बताए । उनले भने, ‘गुट बनाउनेले पार्टी बनाउँदैन, पार्टी बनाउनेले गुट बनाउँदै हिँड्दैन ।’ पौडेलले आफुले ४५ वर्षदेखि पूर्णकालीन राजनीति गरेको स्मरण गर्दै गुटबन्दी गरेर कहिल्यै नहिँडेको दाबी गरे ।

उपाध्यक्ष पौडेलले एमालेमा केपी ओलीको बिकल्पको कुरामा सत्यता नभएको बताए । अहिले निर्बिकल्प नेता केपी ओली भएको बताउँदै उनले त्यसको विकल्प खोज्न आवश्यक नभएको बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ३ : ४८ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०