२१ माघ २०८२, बुधबार | February 4, 2026

एमाले लुम्बिनी प्रदेश अधिवेशन : होला त सर्वसम्मत नेतृत्व चयन ?



बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्र बुटवलमा जारी छ । शसनबार राती सुरु भएको बन्दसत्रमा प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आज बिहानको बन्द सत्रमा प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची राखिएको छ ।

आजै ११ बजेबाट नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुने बन्दसत्रमा सहभाथी एक प्रतिनिधिले बताए । बन्द सत्रले वर्तमान प्रदेश कमिटी विघटन गरेर एमाले केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज पद्मा अर्यालको अध्यक्षमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्य सम्मिलित ९ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य कांशीराज अधिकारी, दलबहादुर राना, पुष्पराज कँडेल, पोलिटब्युरो सदस्य सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य सावित्रा अर्याल र सरिता खनाल रहेका छन् ।

लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहबाट छानिएर आएका १ हजार ४ प्रतिनिधि सहभागी अधिवेशनले आज ११ बजेपछि निर्वाचन प्रक्रिया सुरु गर्ने र सकेसम्म आइतबार नै निर्वाचन सम्पन्न गर्ने गरी तयारी भइरहेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

अधिवेशनले यस अघि ५७६ सदस्यीय प्रदेश संगठन कमिटी रहेकोमा अधिवेशनले २०५ सदस्यीय कमिटी निर्वाचित गर्ने गर्ने छ । अधिवेशनमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजाल अध्यक्षका आकांक्षी देखिएका छन् ।

रिजाल शंकर पोखरेल निकट र कंडेल विष्णु पौडेल निकटको लेबल सहितको खबर सार्वजनिक भएपछि उदघाटनसत्रको अधिकांस अवधि पौडेल र पोखरेलले आफ्नो कुनै गुट नभएको स्पष्टिकरण दिनमा बिताएका थिए । उपाध्यक्ष पौडेलले भने एमालेमा घातअन्तर्घात रहेको भन्दै गुट रहेको संकेत गरेका थिए । अधिवेशनको उद्घाटन गर्नेक्रममा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सचिवालयमा सहभागी नेताहरुलाई निर्देशन दिएका थिए ।

अधिवेशनको पूर्वसन्ध्यामा रिजाल समर्थकहरुले एक रिसोर्टमा गोप्य भेला राखेपछि भेलाको पक्ष र विपक्षमा तरङ्ग पैदा भएको थियो । प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले गोप्य भेलालाई आचारसंहिता विपरित भनेका थिए भने पोलिथब्यूरो सदस्य सुर्य थापाले रिसोर्ट, होटल र रेष्टुरेन्टमा हुने भेलालाई स्वाभाविक मान्नु पर्ने बताएका थिए ।

प्रथम अधिवेशनको बन्दसत्र बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा शनिवार साँझ ८ बजेपछि सुरु भएको थियोे ।

 

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ९ : ५७ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता