२३ माघ २०८२, शुक्रबार | February 6, 2026

एमाले अधिवेशन : सहमतिमा नेतृत्व चयन हुन नसक्दा बन्दसत्र प्रभावित



बुटवल । बुटवलमा जारी नेकपा (एमाले)को प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मापदण्ड तयार नहुँदा अन्यौलता आएको छ । निर्वाचन प्रक्रियाका लागि मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिएको भएपनि थप प्रक्रिया अघि बढाउन मापदण्ड तयार नहुँदा रोकिएको निर्वाचन मण्डलका अध्यक्ष हरिप्रसाद भण्डारीले बताए ।

उनका अनुसार १००४ जना प्रतिनिधिहरुको नाम सार्वजनिक गरी दाबी विरोधको लागि आह्वान गरिएको छ भने थप प्रक्रिया अघि बढाउन नेतृत्व चयन गर्दा पदाधिकारीको सङ्ख्या तथा पद बारे टुङ्गो नलागेको उनले बताए । ‘२०५ जनाको कमिटी गठन गर्न भनिए पनि अध्यक्ष बाहेक अन्य पदाधिकारी के कति रहने भन्ने एकिन गर्नका लागि आयोजकले थप एक घण्टाको समय मागेका कारण रोकिएको छ ।’– भण्डारीले बताए ।

आगामी नेतृत्वका लागि हालका अध्यक्ष पाल्पाका राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य रहेका प्यूठानका हरि रिजाल आकंक्षीको रुपमा देखिएका छन् । एमाले अध्यक्ष ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन गरेर काठमाडौं फर्किए पनि अन्नतः चुनाबी प्रक्रियामै गएर नेतृत्वको टुङ्गो लगाउने सम्भावना रहेको सहभागी प्रतिनिधिहरुले बताउने गरेका छन् ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  २ : १० बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस