१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

एमाले लुम्बिनी अधिवेशन : रिजाललाई बोकेर गुट जन्माएका भूमिश्वरले सम्धिनीलाई पनि बनाए उम्मेदवार



बुटवल । केन्द्रमा गुटको अन्त्य भएपनि प्रदेशमा उपगुट बनाउन भुमिका खेलिरहेका रुपन्देहीका एमाले नेता भूमिश्वर ढकालले जारी प्रदेश अधिवेशनमा आफ्नो सम्धिनीलाई समेत उम्मेदवार बनाएका छन् । एमालेको जारी लुम्बिनी प्रदेश अधिवेशनमा प्युठानका हरि रिजाललाई अध्यक्षमा उम्मेदवार बनाएर गोप्य बैठकको संयोजन गरेका ढकालले आफ्नो सम्धिनी बाँकेकी बसन्ती अधिकारीलाई उपसचिव पदमा उम्मेदवार बनाएका हुन् ।

गुटको अन्त्य गर्न एक्ला एक्लै उम्मेदवार बन्ने र प्यानल बनाउन नपाईने निती विपरित ढकाल सहितको टिमले रिजालको पक्षमा अघोषित प्यानल निर्माण गरेका छन् । अघोषित प्यानल निर्माण गर्नमा ढकाललाई बुटवलका पूर्व मेयर शिवराज सुबेदी, अर्घाखाँचीका एमाले नेता चेतनारायण भट्टराई लगायतले सघाएका छन् ।

ढकालले सम्धिनीलाई पदाधिकारीमा अघि सारेपछि अधिवेशनमा सहभागी प्रतिनिधिहरुले ढकालको आलोचना गरेका छन् । उपसचिव पदमा उम्मेदवारी दर्ता गराएकी अधिकारीले भने आफू सक्षम भएर आफै उम्मेदवार बनेको प्रतिक्रिया दिएकी छन् । दुई जना उपसचिव पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र दुर्गाप्रसाद चौधरी तथा रोल्पाका पूर्णबहादुर बुढा र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, एक जना सचिव पदका लागि दाङका लक्ष्मण आचार्य र गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी दिएको निर्वाचन मण्डलका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

एमालेको प्रदेश कमिटी ५ पदाधिकारीसहित २०५ सदस्यीय हुनेछ । निर्वाचन मण्डलका अनुसार आज (सोमबार) दिउँसोदेखि मतदान प्रक्रिया सुरु हुने भएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  २ : ४२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू