२२ भदौ २०८३, सोमबार | September 7, 2026

एमाले लुम्बिनी अधिवेशन : भोली बिहान ७ बजे सम्मका लागि मतदान स्थगित



बुटवल । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । सुरक्षाका कारण रातीको समयमा निर्वाचन नगराउन प्रशासनले भनेको भन्दै मतदान प्रक्रिया स्थगित गरिएको हो ।

आज मध्यान्हबाटै निर्वाचन प्रक्रिया अन्तर्गत मतदान सुरु हुने भनिएपनि निर्वाचन समितिको आन्तरिक तयारी कमजोर देखिएपछि मतदान प्रक्रिया सारिँदै आएको थियो । अन्तमा राती ९ बजेबाट मतदान गर्ने गरि सबै तयारी पुरा गरिएपनि प्रशासनको आदेश भन्दै मतदान स्थगित गरिएको अधिवेशनका एक प्रतिनिधिले बताए । नेताहरुको थकाउने र गलाउने रणनीति अन्तर्गत लगातार निर्वाचन सारिँदै गरेको पनि ति प्रतिनिधिले बताए ।

रातीमा सुरक्षा र अन्य व्यवस्थापनमा असहजता देखिएका कारण बिहान ७ बजेबाट मतदान सुरु गर्ने गरि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

स्रोतका अनुसार हरि रिजाल समुहले सुरक्षाको कारण देखाउँदै प्रशासनमा स्थगित गराउन माग गरे अनुसार मतदान स्थगित गरिएको नाम नबताउने सर्तमा राधाकृष्ण कंडेल निकटका एक प्रतिनिधिले बताए ।

कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको प्रचार गरिरहेका छन् ।

सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन १९ गते मात्रै मतदान हुने समय तय भएको छ ।

निर्वाचन आयोगका प्रमुख हरिप्रसाद भण्डारीले मंगलबार बिहान ७ बजेदेखि निर्वाचनको तयारी गरिएको जानकारी दिए ।

अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीको निर्देशन विपरित अध्यक्ष पदमा वर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरि रिजालले प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिएर चुनाव हुने वातावरण बनाएका छन् । अध्यक्ष ओलीले उदघाटन सत्र र बन्द सत्रमा सर्वसम्मत नै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । निर्देशन विपरित दुबै अध्यक्षका उम्मेदवारहरुले प्यानल नै खडा गरेर चुनावमा भिडन्त सुरु गरेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  १० : १२ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११