१८ असार २०८३, बिहिबार | July 2, 2026

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो



मोरक्को। गत शुक्रबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या २००० नाघेको छ ।

भूकम्पले मोरक्कोमा ठूलो क्षति पुर्‍याएको छ, जसबाट मोरक्कोलाई पुनः प्राप्ति हुन लामो समय लाग्नेछ।

अमेरिकी भूगर्भ सर्वेक्षणको रिपोर्ट अनुसार मोरक्कोमा ६।८ म्याग्निच्युडको भूकम्प गएको हो । यस भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७२ किलोमिटर दक्षिणपश्चिममा थियो। मोरक्को सरकारले भूकम्पमा हालसम्म २०१२ जनाको मृत्यु भएको र २०५९ जना घाइते भएको बताएको छ ।

जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था गम्भीर छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

मोरक्कोको कासाब्लान्का र रबात सहरहरूमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको मानिसहरूले बताएका छन्। एकजना वृद्ध महिलाले आफूहरू सुतिरहेका बेला अचानक ढोका ढल्किएको आवाज सुनेको बताइन् । यो देखेर उनी डराए र तुरुन्तै घरबाट भागिन् ।

उत्तर अफ्रिकी देश मोरक्कोमा विगत १२० वर्षमा यो सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ९ : २१ बजे

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको