१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

एमाले अध्यक्ष ओलीद्वारा सहिद दशरथ चन्दको जन्मघरको अवलोकन



बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथचन्दको जन्मघरको अवलोकन गरेका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुभारम्भ गर्न बैतडी पुगेका अध्यक्ष ओलीलगायतका नेताले आज बिहान बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटस्थित सहिद दशरथचन्दको जन्मघरमा अवलोकन गरेका हुन् ।

ओली लगायतका नेताहरुले घरको बाहिर रहेको चन्दको सालिकमा माल्यार्पण गरी उनीप्रति सम्मान व्यक्त गरेको दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । उनका अनुसार नेताहरुले घरमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् ।

विगत लामो समयदेखि प्रतिष्ठानलाई राष्ट्रिय स्तरको घोषणा गर्न पहल भए पनि सरकारी निकायबाट बेवास्ता गरेकाले एकाले अध्यक्ष ओलीलाई राष्ट्रिय प्रतिष्ठान घोषणाका लागि पहल गर्न ज्ञापनपत्र बुझाइएको अध्यक्ष चन्दले बताए। झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो ।

यसअघि अध्यक्ष ओलीले आजै यहाँको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरेका थिए ।

सङ्कल्पयात्रा शुभारम्भपछि ओलीले आजै गोठलापानीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नेछन् । आज साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  २ : १६ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट