६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

जनताको सुझाव लिन सङ्कल्प यात्रा : अध्यक्ष ओली



गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको सुझाव लिन सङ्कल्प यात्रा गरेको बताएका छन् । यही मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु गरेको यात्राको सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

समृद्धिका लागि सङ्कल्प यात्रा भन्दै एमालेले मध्यपहाडी लोकमार्गअन्तर्गतको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा चलाइरहेको छ । जसअन्तर्गत गुल्मीको वामीटक्सार आइपुगेका ओलीले जनताको सुझाव लिन, समस्या बुझ्न, मागपत्र बुझ्न, विकासका योजनाको जानकारी लिन र मध्यपहाडी लोकमार्गको अवलोकन गर्न सङ्कल्प यात्रा चलाइरहेको बताए ।

“हरेक नागरिकले शान्ति सुरक्षासँगै सम्मानित जीवन जिउन पाउनुपर्छ”, अध्यक्ष ओलीले भने, “ एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैन ।”

लुम्बिनी प्रदेशअन्तर्गतको क्षेत्र राष्ट्रको प्रतिनिधित्वको क्षेत्र भएको भन्दै ओलीले एमालेलाई जनताको थप साथ र सहयोग चाहिने बताए । आगामी निर्वाचनमा एमालेलाई बहुमतसहित जिताएमा मात्र देश समृद्ध बन्न सक्ने अध्यक्ष ओलीको दावी छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ३८ बजे

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको