७ श्रावण २०८३, बिहिबार | July 23, 2026

जनताको सुझाव लिन सङ्कल्प यात्रा : अध्यक्ष ओली



गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको सुझाव लिन सङ्कल्प यात्रा गरेको बताएका छन् । यही मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु गरेको यात्राको सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

समृद्धिका लागि सङ्कल्प यात्रा भन्दै एमालेले मध्यपहाडी लोकमार्गअन्तर्गतको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा चलाइरहेको छ । जसअन्तर्गत गुल्मीको वामीटक्सार आइपुगेका ओलीले जनताको सुझाव लिन, समस्या बुझ्न, मागपत्र बुझ्न, विकासका योजनाको जानकारी लिन र मध्यपहाडी लोकमार्गको अवलोकन गर्न सङ्कल्प यात्रा चलाइरहेको बताए ।

“हरेक नागरिकले शान्ति सुरक्षासँगै सम्मानित जीवन जिउन पाउनुपर्छ”, अध्यक्ष ओलीले भने, “ एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैन ।”

लुम्बिनी प्रदेशअन्तर्गतको क्षेत्र राष्ट्रको प्रतिनिधित्वको क्षेत्र भएको भन्दै ओलीले एमालेलाई जनताको थप साथ र सहयोग चाहिने बताए । आगामी निर्वाचनमा एमालेलाई बहुमतसहित जिताएमा मात्र देश समृद्ध बन्न सक्ने अध्यक्ष ओलीको दावी छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ३८ बजे

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका