११ श्रावण २०८३, सोमबार | July 27, 2026

सामाजिक सद्भाव र राष्ट्रिय एकता आवश्यक : अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिएका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको बताउँदै सद्भाव र एकता जरुरी रहेको बताए । उनले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्वीकार्य नहुने स्पष्ट पार्दै आगामी वर्ष पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्ष हुने बताए । उनले नयाँ केन्द्रीय कमिटी सदस्य वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न, व्यवहारमा अनुकरणीय बन्न र हरेक दृष्टिकोणबाट योग्यताका साथ पार्टीको निर्णायक तहमा भूमिका निर्वाह गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले मुलुक बर्बाद हुनबाट जोगाउन केही समयभित्र सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भइरहेको बताउँदै देशको अवस्था अहिलेजस्तो खराब कहिले नभएको बताए ।

अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको चर्चा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताए । मुलुकमा धार्मिक विद्वेष फैलाउने र पहिचानका नाममा राजनीति भाड्ने काम भइरहेको उनले बताए ।

अध्यक्ष ओलीले विद्युत व्यापार, देशको भू-भागको रक्षा लगायतका विषयमा वर्तमान गठबन्धन सरकार छिमेकीका लागि कम्फर्टेवलमात्र नभई घुँडाटेकुवा, दलाल र आत्मसमर्पणवादी भएको आरोप पनि लगाए ।

अध्यक्ष ओलीले केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपाने (सङ्खुवासभा) रामअवतार यादव (सिराहा) केशवराज पाण्डे (नुवाकोट), विनोद शाह (दैलेख), दामोदर भण्डारी (बैतडी) र दीपक कार्की (झापा)लाई शपथ ग्रहण गराउनुभएको हो । त्यस अवसरमा महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललगायतको उपस्थिति थियो ।

गत पुस २० गते बसेको सचिवालय बैठकले उहाँहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : १४ बजे

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको