२९ चैत्र २०८२, आइतबार | April 13, 2026

बुटवलबाट २ जना ब्राउन सुगरको कारोबारे पक्राउ



बुटवल । प्रहरीले बुटवल उप-महानगर १५ सेमलारबाट २ जना लागु औषध ब्राउनसुगरका कारोबारेलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलिले बुटवल उप-मानगरपालिका वडा नं। १५ सेमलारबाट ७०० मिलीग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय सकुन्तला मानन्धर र विपिन छन्त्याल रहेका छन् । उनीहरुबाट ७०० मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । लागु औषध कारोवार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटाइएकोमा मानन्धर र छन्त्याललाई फेला पारी निजहरुको शरिर खानतलासी लिँदा निजहरुको साथबाट लागु औषध ब्राउन सुगर फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

पक्राउ परेकाहरुलाई लागु औषध कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : २१ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्