११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सुनको पोका फालेर भागेको गाडी काण्डको अनुसन्धान गर्न प्रहरीले बनायो छानविन समिति



काठमाडौं । काठमाडौंको कमलादीमा सुन सहितको झोला फ्याँकेर भाग्ने गाडी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन गरेको छ ।

खुल्ला सडकमा झोला फ्याँकेर भाग्दा समेत गाडी र गाडीमा सवार ब्यक्ति पक्राउ गर्न नसक्ने प्रहरी अधिकारी र प्रहरीका बिषयमा छानविन गर्न प्रहरीले समिति गठन गरेको हो । आधा केजी सुन र चाँदी १४ किलोको झोला फलेर भाग्ने गाडी समात्न नसक्ने प्रहरी अधिकारी र प्रहरी कर्मचारी उपर छानविन गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाको नेतृत्वमा समिति गठन भएको प्रहरीले जनाएको छ ।

समितिमा एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी दुर्गा दाहाल र राजकुमार केसी संलग्न छन् । सडकमा प्रहरीले चेकजाँच गरेको देखे लगत्तै कृष्ण पाउरोटीबाट कमलादी तर्फ जाँदै गरेको स्कार्पियो गाडी नरोकिइ कपडाको झोला फ्याकेर भागेको थियो ।

फ्याँकिएको झोलाबाट साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद भएको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गर्दै फरार गाडी र भेटिएको सुन र चाँदीका बिषयमा जानकारी दिएका थिए ।

राजधानी जस्तो संवेदनशील क्षेत्रबाट गाडी उम्किन सफल हुनुमा सुरक्षा अधिकृतहरुको कमजोरी रहेको सुरक्षाका जानकारहरुले टिप्पणी गरेपछि प्रहरीले छानवीन समिति गठन गरेको हो । तत्काल घटनास्थलमा खटिएका प्रहरी अधिकारीले प्रयासका बाबजुद गाडीलाई नियन्त्रणमा लिन नसकिएको बताएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  २ : २० बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र