७ पुस २०८२, सोमबार | December 22, 2025

रुस र युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकार गम्भीर बन्नुपर्छ : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको रुस–युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि सहयोग गर्न पीडित परिवारले आज ध्यानाकर्षण गराएका छन् ।

पीडित परिवारका सदस्यले पार्टीको केन्द्रीय कार्यालय पुगेर ‘पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना’ अभियानका तर्फबाट अध्यक्ष नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष नेपालले रुस र युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि गम्भीर बन्न सरकारसँग कुराकानी गर्ने बताए ।

सैन्य भर्ती सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भई मर्नुपर्ने नियति आउनु राष्ट्रका लागि लज्जाको विषय भएको बताउँदै उनले भने, “रुस र युक्रेनको युद्धमा फसेका नेपालीको तत्काल उद्धारका निम्ति म सरकारसँग कुरा गर्छु, नेपालीहरू त्यहाँ कसरी पुगे रु रहर हो कि बाध्यता रु”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले युद्धमा रहेका नेपालीलाई फिर्ता ल्याउने, घाइतेको उपचार गर्ने, मृतकको खोजी गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । अभियानका संयोजक कृतु भण्डारीले युद्धमा कुनै सम्बन्ध नभएको नेपालका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था संवेदनशील भएको बताउँदै यसको अन्त्यका लागि सम्पूर्ण नेपालीको चिन्ता र सरोकार भएकाले सबै दलको साझा दृष्टिकोण बन्नुपर्ने विचार व्यक्त गरिन् ।

ध्यानाकर्षण पत्रमा रुसी सेनामा भर्ति हुन पुगेका नेपालीलाई अविलम्ब फिर्ता गर्नुपर्ने, युद्धमा ज्यान गुमाएका आफन्तको शव ल्याउनुपर्ने, महिनौदेखि सम्पर्क नभएकाको वास्तविकता पत्ता लगाउनुपर्ने, सम्पर्कमा भएका सकुशल घर फर्किने वातावरण निर्माण गर्नुपर्ने, असंलग्न परराष्ट्र नीतिको पक्षपाति नेपालका नागरिक कुनै पनि मुलुकको पक्ष तथा विपक्षमा उभिन नहुने, जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उचित उपचार सेनामा रहेका आफ्ना नागरिकको जीवन रक्षाका लागि सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : २० बजे

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा