१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलको मिलनचोकस्थित डेल्टा कम्पेलेक्समा एक महिने ‘जुत्ता मेलासँगै म:म उत्सव’ लाग्ने



बुटवल । बुटवलको मिलनचोकस्थित डेल्टा कम्पेलेक्समा ‘नेपाली जुत्ता मेलासँगै म:म उत्सव’ लाग्ने भएको छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा यही फागुन १ गतेदेखि ३० गतेसम्म जुत्ता मेला हुन लाग्ने भएको हो ।

आइतबार मेलाको तयारी बारे जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनमा नेपाली जुत्ता घर बुटवलका अध्यक्ष होमनाथ उपाध्ययले ५ हजार भन्दा बढी प्रकारका गुणस्तरीय नेपाली जुत्ताहरुको उत्पादनलाई फ्याक्टीबाट न्यूनत्तम मूल्यमा सिधै ग्राहक समक्ष पुराउनका लागि मेलाको आयोजना गरिएको बताए । मेलाको अवसरमा नेपाली जुत्ता घरमा आवद्ध ब्राण्डहरुले आफ्ना उत्पादनहरु नियमित भन्दा सस्तोमा ग्राहकलाई उपलब्ध गराउने मेलाका संयोजक चोलाकान्त पाठकले बताए ।

जुत्ता घरभित्र हाल पवित्र शुज ईण्डष्ट्रिज प्रा.लिको शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि.को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लिको बि.एण्ड डियर हिल, लालिगुरा फुटवेयरको कस रोड, शुभकामनाको फस्र्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स तथा स्मार्ट शुजको र एकता शुजको टुरीष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् ।

मेलामा जुत्ता चपलको प्रदर्शनीसँगै मोःमोः उत्सवको पनि आयोजना गरिएकाले गा्रहकहरुले सपिङ्गसँगै एक दर्जन भन्दा बढी मोःमोः का परिकारहरुको स्वाद लिन सक्ने संयोजक पाठकले बताए । मेलाको सुभारम्भ तथा समापनका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि विशेष प्रस्तुति रहने संयोजक पाठकले बताए ।

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ०१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले