२७ माघ २०८२, मंगलबार | February 10, 2026

प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन



कैलाली । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ । टोलीले आज कर्णाली पुलको अवलोकन तथा परीक्षण थालेको हो ।

पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताए । उनले भने, “आगलागीबाट भएको क्षतिका साथै पुलको मर्मत सम्भारबारे पनि अध्ययन गर्दैछौँ ।”

प्रारम्भिक विवरण आएपछि विज्ञलगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा के गर्ने भन्नेबारे थाहा हुने उनले बताए ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ५२९७ नं को ट्रकमा सोमबार एक्कासी आगलागी भएको थियोे । ट्रकमा लागेको आगो नियन्त्रणमा लिन चार घण्टा बढी समय लागेको थियो । एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रक जलेर नष्ट भएको थियो । आगलागीबाट कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो ।

सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको थियो । उक्त पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गते उद्घाटन गरेका थिए ।

गुडिरहेको ट्रकमा लागेको आगोबाट क्षतिपुगेपछि कर्णाली पुलमा हाल सवारी आवागमन बन्द गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : ४० बजे

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : गगन थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’