१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

२४ घण्टामा थपिए कोरोना भाइरसका २५९ संक्रमित, हालसम्म संक्रमितको संख्या २१ हजार ९ पुग्यो



काठमाडौं । मंगलबार कोरोना भाइरसका २५९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार ७ हजार ६८७ जनामा गरिएको पीसीआर परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म देशभर २१ हजार ९ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको छ ।

जसमध्ये १५ हजार २६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६५ जना मात्र डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यका प्रवेशका तीन मुख्य नाका नागढुंगा, साँगा र फर्पिङमा स्वाव परीक्षण गरिएको छ ।

नागढुंगामा ६ हजार ६४ जनामा गरिएको परीक्षणमा १६ जना संक्रमित भेटिएका छन् ।

यसैगरी साँगामा ३ हजार ४८२ जनामा गरिएको परीक्षणमा १३ जनामा संक्रमण देखिएको छ भने फर्पिङमा लिइएको १३ सय २ जनाको स्वाव लिइएकोमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म १० हजा ४५२ जना व्यक्तिहरु अझै पनि क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ४ : ३० बजे

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न