६ श्रावण २०८३, बुधबार | July 22, 2026

जनयुद्धमा बम पड्काएर ध्वस्त पारिएको २० वर्षपछि खजुरा प्रहरीले पायो नयाँ भवन



खजुरा । जनयुद्धका क्रममा बम विस्फोटबाट ध्वस्त भएको बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौलीले शान्ति सम्झौताको १८ वर्ष पछि नयाँ भवन प्राप्त गरेको छ । माओवादी लडाकुहरुले विष्फोट गराएर ध्वस्त बनाएको प्रहरी कार्यालय भवन नजिकै सामान्य भवन बनाएर सेवा दिइरहेको प्रहरीले आजबाट सुबिधा सम्पन्न भवन प्राप्त गरेको हो ।

नव निर्मित भवनको लुम्बिनी प्रहरी प्रमुख प्रहरी नयाव महानिरीक्षक कुबेर कठायतले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी कठायतले समाजमा फैलिएको नकारात्मक भावनालाई सकारात्मकतामा रुपान्तरण गर्ने जिम्मेवारी प्रहरीमा आएको बताए । उनले पछिल्लो समय समाजमा नकारात्मकता र निरासा फैलिएको उल्लेख गर्दै प्रहरीले पीडित मैत्री बनेर समाजलाई सकारात्मक भावनामा ल्याउनु पर्ने बताए ।

जहाँ समाज रहन्छ त्यही प्रहरी हुने बताउँदै उनले नागरिकमा सबै भन्दा पहिलो पुग्ने निकाय नै प्रहरी भएको बताए । प्रहरी पनि समयानुकल परिमार्जन हुन आवश्यक रहेको बताउँदै डीआईजी कठायतले डिजिटर अपराधको सामाना गर्न प्रहरीले आफुलाई परिमार्जन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले प्रहरी कर्मचारी जागिर खान नआएको स्पष्ट पारे । गैरकानुनी काम गर्नेहरुले प्रहरी र प्रशासनलाई फुटाएर लाभ लिन प्रयास गर्ने गरेको खुलासा गर्दै कसैको बहकावमा नआएर काम गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे । ‘गैर कानुनी कार्य गर्नेहरुले सीडीओ र एसपीलाई मिलाइसकेका छौ, तपाई पनि मिल्नुस भन्दै लोभ देखाउन सक्छन्,’ उनले प्रहरी अधिकारीहरुलाई लक्षित गर्दै भने, ‘अपराधीहरुको प्रयास नै फुट पारेर फाइदा लिने भएकाले सजक बन्नु पर्दछ ।’

उदघाटन कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की लगायतले नयाँ भवनबाट नागरिकले आझै राम्रो सेवा पाउने विश्वास ब्यक्त गरेका थिए ।

३ करोड २९ लाखको लागतमा तीन तलामा प्रशासनिक भवन, ब्यारेक तथा थुनुवा कक्ष साथै भान्छा, शौचालय र स्नान घर निर्माण भएको प्रहरीले जनाएको छ । कार्यक्रममा समयमा काम सक्ने ठेकेदार कम्पनी अल ईज वेल कन्ट्रक्सन, जग्गादाता तथा जेहेन्दार प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १२ : ४८ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको