२९ मंसिर २०८२, सोमबार | December 15, 2025

केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो



काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले रुपमा पक्राउ गरेको छ ।

मदिरा घोटाला प्रकरणमा सीबीआईले मंगलबार राति तिहाड जेलमा केजरीवालसँग सोधपुछ गरेको थियो । सोधपुछ पछि सीबीआईले बयान रेकर्ड गर्यो र बुधबार बिहान केजरीवाललाई राउज एभिन्यू अदालतमा पेश गर्न लागेको छ ।

सुनुवाइपछि सीबीआईले केजरीवाललाई अदालतमै पक्राउ गरेको थियो । सीबीआईले केजरीवाललाई हिरासतमा लिन अदालतसँग माग गरेको छ ।

केजरीवालको जमानत याचिकामा बुधबार बिहान सर्वोच्च अदालतमा सुनुवाइ हुने थियो, तर त्यसअघि सीबीआईले उनलाई तिहाड जेलमा हिरासतमा लिएको थियो ।

यसपछि अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट आफ्नो याचिका फिर्ता लिए र पुन अर्को याचिका दायर गर्ने भएका छन् ।

अरविन्द केजरीवालका वकिल अभिषेक मनु सिंघवीले भने, ‘हामीसँग हरेक दिन केही न केही भइरहेको छ । सीबीआईले २०२२ को सूचना र अनुसन्धानको सन्दर्भमा हिजो पक्राउ गरेको हो ।’

यस अघि केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जमानतमा रिहा गर्न आदेश दिएको थियो । जसलाई  दिल्ली उच्च अदालतले खारेज गरिदिएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  २ : ३४ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ