२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाँकेको खजुरामा २ सय जनालाई आत्मनिर्भरताको तालिम



खजुरा । बाँकेको खजुरामा २ सय जना युवाहरुलाई आत्मनिर्भरताको तालिम दिइएको छ । खजुरा गाउँपालिकाले बिभिन्न बिधाको दक्षताका लागि २ सय युवालाई तालिम दिएको हो ।

लोकसेवाको तयारीकालागि ५० जना, पलम्बिङमा २५ जना, मोटरसाइकल मरमतमा २५ जना, कुक खाजा खानामा २५ जना, टायल फिटिङमा २५ जना, बुटिकमा २५ जना र बिद्यालयको झोला बनाउने मा २५ जनालाई तालिम प्रदान गरेको पालिकाले जनाएको छ ।

तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गरे । उनले खजुराबाट बेरोजगारी हटाउन र आत्मनिर्भर बनाई बिदेश जाने कार्यको न्युनिकरण गर्न बिभिन्न विषयमा तालिम दिइएको बताए । उनले खजुरामा रोजगारीको अवसरहरु सिर्जना गरि दक्ष जनशक्तिाई स्थानीयस्तरमै स्वरोजगार बनाउन पालिकाले बिभिन्न कार्यक्रमहरु संचालन गरेको बताए ।

कार्यक्रममा पालिकाकी उपाध्यक्ष मन्जु मल्लले स्वरोजगार तालिममा महिलाहरुको उल्लेख्य सहभागिताले पालिकालाई उत्साहित बनाएको बताइन् ।

कार्यक्रममा तालिम प्राप्त सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : २८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले