बुटवल । काठमाडौंबाट भैरहवाका लागि उडान भरेको बुद्ध एयरको बिमान गौतमबुद्ध अन्तरराष्ट्रिय बिमान स्थलको रनवेमा चिप्लिएर रनवे बाहिर पुगेको छ । अवतरणका क्रममा बिमान चिप्लिएर रनवे बाहिर पुगेको प्रहरीले जनाएको छ ।
बुद्ध एयरको यु फोर ८०५ बिमान ९ बजेर ४० मिनेटको समयमा अवतरणको क्रममा बिमानस्थलको रनवे बाट चिप्लिएर ५ मिटर रनवे बाहिर पुगेको प्रहरीले जनाएको छ । जहाज रनवे बाहिर पुगेपनि याुत्रहरु सकुशल रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए । ५९ जना यात्रु बोकेर भैरहवा आइपुगेको बिमानमा सवार सबै यात्रुहरु सकुशल रहेको र बिमानस्थलबाट गन्तब्य प्रस्थान गरिसकेको उनले बताए ।
रनवेमा चिप्लिएको बिमानको प्राबिधिक जाँच गर्न बुद्ध एयरको प्राबिधिक टोली काठमाडौंबाट भैरहवा आउँदै गरेको पनि डीएसपी भट्टले बताए ।



















प्रतिक्रिया