२५ माघ २०८२, आइतबार | February 8, 2026

‘पारदर्शी र असल अभ्यासको अभावले ऐन कार्यान्वयनमा समस्या’



बुटवल । बुटवलमा पछिल्लो परिवर्तित कर तथा भन्सार नीतिलगायतका बिषयमा सम्बन्धित कार्यालयहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, भैरहवा भन्सार कार्यालय र भन्सार एजेन्ट संघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

संघको सभाहलमा आयोजित कार्यक्रममा व्यवसायीहरुले राज्यका तर्फबाट छोटोछोटो समयमा नै करका दर, नीतिहरु परिर्वतन गरिदा त्यसले असहजता आउने गरेको बताउदै दिर्घकालिन नीतिहरु तर्जुमा गर्न आग्रह गरेका थिए । उनीहरुले मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण निर्माण गर्न तथा व्यापार सहजीकरणका लागि कुनै पनि नितिहरु बन्नु पर्नेमा लहडका हिसाबले बन्ने गरेको गुनासो गर्दै प्रशासनिक रुपमा झेल्नु परेका अप्ठयाराहरुलाई व्यवहारिक रुपमा समाधानगर्ने बाटो खोज्न सुझाए ।
पारदर्शी र असल अभ्यासको अभावले हाम्रा ऐन तर्जुमा संगै कार्यान्वयनमा पनि समस्याहरु देखिएको बताउदै सहभागीहरुले प्रशासनबाट अनावश्यक दुःख दिने गरेको, गलत काम गर्नेलाई दण्ड र इमानदारलाई पुरस्कारको व्यवस्था गर्ने कुरा राज्यबाट अवलम्बन हुन नसकेको गुनासो गरे । उनीहरुले राज्यका अंगहरु उत्तदायीसंगै नीतिमा पारदर्शीता बनाइ व्यापारलाई सहज तथा सुरक्षित बनाउने कुरामा ध्यानदिन आग्रहपनि गरेका थिए ।

सो अवसरमा बोल्दै संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले व्यवसायीहरु राज्यका नीति र विधिलाई सधै पालनागर्ने समुह भएका कारण उनीहरुका समस्याप्रति राज्य गम्भिर बन्नु पर्ने बताए । राज्यका धेरै नीति र करहरु व्यवसायी मैत्रीबन्न नसकेको बताउदै पाण्डेले व्यवसायीहरुलाई जरिवाना र दण्ड गर्ने सोंच मात्र नराख्न आग्रह गरे ।

कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै संघका अध्यक्ष दिपक अधिकारीले मुलुकको अर्थतन्त्र चलायमान बनाउन राज्यका नीतिहरु व्यवसाय मैत्री बन्नु पर्ने र कार्यालयहरु जिम्मेवार हुनु पर्ने कुरामा जोड दिए । उनले राज्यका कर र नीतिमा देखिएका अस्थिरताले व्यवसायीहरुले सास्ती व्यहोर्नु परेको उल्लेख गर्दै राजश्व असुलीका नाममा सबै व्यवसायीलाई एउटै डालोमा हालेर हेर्ने सोंचमा परिर्वतन गर्न अनुरोध गरे ।

संघका अध्यक्ष अधिकारीको अध्यक्षता, महासचिव फर्सुरामपन्थको सञ्चालनमा भएको कार्यक्रममा भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत इश्वर थापा, राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत होम पाण्डे र आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत कमल सुवेदीले आआफ्ना कार्यालयका विषयबस्तुहरु राखेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ९ : ०९ बजे

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने