१२ बैशाख २०८३, शनिबार | April 25, 2026

साना पार्टी रिसाउँछन् भन्ने होइन, लोकतन्त्रलाई सही बाटोमा लैजान जनता रिसाउँछन् भन्न सक्नुपर्छ : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना पार्टी रिसाउँछन् की भनेर होइन , लोकतन्त्रलाई सही बाटोमा लैजाने हो भने जनता रिसाउँछन् की ? भन्न सक्नुपर्ने बताएका छन् । गृह जिल्ला दाङ पुगेका महासचिव पोखरेलले आज भएको पत्रकार सम्मेलमा बोल्दै तीन प्रतिशत भोट ल्याएर राष्ट्रिय पार्टी हुने तर १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन कानुन मिलाउन संविधान संशोधन आवश्यक भएको बताए ।

महासचिव पोखरेलले लोकतन्त्र बलियो बनाउने हो भने नमिल्दा कानुन संशोधन हुनुपर्ने बताए । ‘डेढ प्रतिशत भोट ल्यायो भने प्रादेशिक पार्टी हुन्छ, तीन प्रतिशत भोट ल्यायो भने राष्ट्रिय पार्टी भइहाल्छ,ु उनले भने, ुतर हाम्रै निर्वाचन कानुनले के भन्छ भने व्यक्तिका हकमा १० प्रतिशत भोट ल्याएन भने जमानत जफत हुन्छ । मिलेको छ त ?’

संविधानमा रहेका नमिल्दा विषय मिलाउन र लोकतन्त्र बलियो बनाउन कांग्रेस–एमालेबीच गठबन्धन भएको उनले बताए । लोकतन्त्रको स्थायित्वमा दलहरु ‘दलहरु बलिया हुनुपर्दछ, तबमात्र लोकतन्त्र बलियो हुनसक्दछ भन्ने मान्यतालाई स्थापित गर्नलाई नै प्रमुख दुई दलहरु मिलेका छन् भन्ने कुरालाई बुझ्नुपर्दछ ।’ उनले भने ।

पोख्रेलले वामपन्थीहरुको बीचमा एकताको कथा असफल भइसकेकाले पुरानै बाटोबाट अघि बढ्न नसक्ने बताए । उनले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरीने पनि ठोकुवा गरे । उनले नेताको टाउको जोडेर गरिने एकता दिगो नहुने बताउँदै उनले अब कार्यकर्ताको मन जोडेर राजनितीक धुब्रिकरण जरुरी रहेको बताए । उनले कम्युनिस्टमा बिचार राख्नेहरु एमाले तिर र पुँजिवादी व्यवस्थामा बिचार राख्नेहरु कांग्रेस तर्फ धुब्रिकरण हुन आवश्यक रहेको औंल्याए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : २६ बजे

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक