१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

झोलुंगे पुल निर्माणमा सहजीकरण गरिदिन भारतीय बिदेशसचिवसँग अनुरोध



काठमाडौं । नेपाल भ्रमणका रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् ।

दुई दिने नेपाल भ्रमणमा रहनुभएका सचिव मिस्रीले उपप्रधानमन्त्री सिंहसँग सोमबार विहान शहरी विकास मन्त्रालयमा भेट गरेका थिए । भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिएका थिए।

भेटमा शहरी विकास, फोहोर मैला व्यवस्थापन, बाग्मती, विष्णुमतिलगायतका नदिको स्वच्छता र सफाईलगायतका नेपाल भारतबिच हुनसक्ने सहकार्यका  विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गंगा नदि सफाईको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए ।

त्यस्तै, उहाँले नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै नेपालले महाकाली नदिमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको पनि बताए ।

भेटमा नेपालको पूर्वाधार विकास,भुकम्प र कोभिडको समयमा भारतले गरेको सहयोगका लागि उपप्रधामन्त्री सिंहले धन्यवाद दिएका थिए। ‘नेपालको शहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले तुइनलाई विस्थापित गर्ने अभियाननै चलाएका छौं । सिमा नदिमा झोलुंगे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्योे सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुराहरु राख्यौं । उहाँहरु त्यसमा सकारात्मक हुनुभयो ।’

भारतको इन्दोर लगायतका केही शहरमा स्वच्छ भारत अभियान अन्तर्गत भइरहेको फोहोरमैला व्यवस्थापन र गंगा नदि सफाईको अनुभव र प्रविधि आदानप्रदानमा सहकार्यबारे पनि भेटमा सकारात्मक छलफल भएको थियो । भारतका विदेश सचिव मिश्रीले नेपालको शान्ति,स्थायीत्व र समृद्धिका लागि भारतको सँधै साथ सहयोग रहने बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १ : ४९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले