२४ श्रावण २०८३, आइतबार | August 9, 2026

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतको उद्दार



काठमाडौँ । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

उनका अनुसार १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीबाट उद्धार कार्य जारी रहेको थापाले बताए ।

तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित  ४३ जना थिए ।

शुक्रबार तनहुँको मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  १ : २४ बजे

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका-२ का किसान देशराज लिम्बूले गत वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले