१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पैचोले ल्यायो ‘चाडपर्व उपहार योजना’



काठमाडौं । पैचो पसल प्रालिले चाडपर्व अवसरमा उपहार योजना सार्वजनिक गरेको छ ।

सोमबार कृष्णअष्टमीबाट सुरु भएको उपहार योजना तीज, दशै, तिहार, छठ हुँदै क्रिसमससम्म संचाचलन हुनेछ । पैचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुनसकिने कम्पनीले जनाएको छ ।

आफ्ना ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिदै आएको पैचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो । नेपाली घर आँगनमा भित्रिँदै गरेका चाडपर्वलाई उत्सव र खुसीयाली बनाउने चाडपर्व अफर ल्याइएको पैचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए ।

पैचोले उपहार योजनामा प्रथम उपहार वासिन मेशिन १ जनालाई, द्वितीय उपहार फ्रिज २ जनालाई तृतीय उपहार टेलिभिजन ३ जनालाई, चौथो उपहार स्प्रे ट्यांकी ४ जनालाई दिने जनाइएको छ । यस्तै पाँचौ उपहार १ हजार रूपैयाँको कृषि बीउबिजन २० जनालाई ,छैठौं उपहार ५ सय रूपैयाँको पैचो कम्पनीका उत्पादन २० जनालाई दिने घोषणा गरेको हो ।

उपहार कुपन पैचोको १२ वटा शाखा र १२ वटा आउटलेट गरी २४ स्थानबाट उपलब्ध हुने छ ।

उपहार कुपन प्राप्त गर्न पैचोका शाखा र आउटलेटबाट २ हजार ५ सय रूपैयाँ बराबरको ग्रोसरी, पशुआहार खरिद, तरकारी तथा फलफुल बिक्री गर्दा एउटा कुपन ग्राहकले पाउने छन। यस्तै १ हजार रूपैयाँको तरकारी तथा फलफूल खरिद गर्दा, १ हजार रूपैयाँको फेन्सी तथा गिफ्ट सामान खरिद गर्दा, ५ सय रूपैयाँको बीउबिजन खरिदगर्दा र प्रतिदिन प्रति संकलन ५० हजार रूपैयाँको संकलन गर्दा एक वटा उपहार कुपन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

उपहार योजना भदौ १० देखि पुस १० गतेसम्म लागू हुनेछ । पुरस्कारको घोषणा पैचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा गर्ने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ११ : ३८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले