२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

एकै गणका ४२ सशस्त्र प्रहरीसहित चितवनमा थपिए ४६ जना संक्रमित



चितवन । चितवनको भण्डरास्थित सशस्त्र प्रहरीको गणमा कार्यरत ४२ जना प्रहरीमा कोरोना संक्रमण भएको छ ।

एउटै गणका ४२ सशस्त्र प्रहरीसहित ४६ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार राति भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ४२ सशस्त्र प्रहरीसहित ५० जनामा संक्रमण पुष्टि भएको हो ।

३ सय ५५ वटा नमुना परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सशस्त्रको गणमा रहेका दुई महिलासहित ४२ जना र भरतपुर महानगरपालिकाका चार जना रहेका छन् ।

यसैगरी, मकवानपुर र गोर्खाका एक एक महिला एवं बाराका एक महिला र एक पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ ।

चितवन बाहिरका सबै चार जना भरतपुरका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका बिरामी भएको प्रयोगशालाले जनाएको छ ।

सशस्त्रको भण्डारास्थित गणमा यसअघि पनि आठ जना प्रहरी संक्रमित भैसकेका छन् । हालसम्म सो गणमा ५० जना संक्रमित पुगेका छन् ।

चितवनमा एकै पटक यति धेरै संख्यामा संक्रमित थपिएको यो नै पहिलो पटक हो । पहिलो आठ जनामा संक्रमण देखिएपछि ६० जनाको स्वाब पठाउँदा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार राति थपिएका ५० जनासहित हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २५५ पुगको छ ।

संक्रमित बढेसँगै भरतपुरका अस्पतालहरुमा बेडको अभाव देखिएको छ । अस्पतालको बेड नहुँदा कतिपय संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ८ : १९ बजे

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य