३ पुस २०८२, बिहिबार | December 18, 2025

काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न, तरकारी बिक्री गर्न पाइने



काठमाडौँ । काठमाडौं उपत्यकाभित्र बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरू खुल्ने भएका छन् ।

उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको हो ।

काठमाडौंमा भदौ ४ गतेदेखि १० गतेसम्म निषेधाज्ञा लागेको छ । यस समयमा प्रहरीले बिहानैदेखि पसलहरू बन्द गराएको गुनासो आएपछि सीडीओहरूले विक्रि समय छुट्याएका हुन् ।

बैठकले किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय गरेको भएको काठमाडौँका सीडीओ जनकराज दाहालले जानकारी दिए ।

औषधी पसलहरू भने जुनसुकै समयमा पनि खुल्नसक्नेछन् ।

उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि १० गतेसम्म निषेधाज्ञा लागेको हो

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ७ : २८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका