११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : प्रकाशशरण महत



बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताएका छन् ।

नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिए। देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको भनाइ थियो ।

विसं २०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएका बताउँदै पूर्वअर्थमन्त्री डा महतले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गरे ।

“पार्टीको सुदृढीकरणका लागि सम्पूर्ण कार्यकर्ता एकताबद्ध हुनुपर्छ”, उनले भने । स्थानीय तहबाटै नेता तथा कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिँदै उनले व्यक्तिभन्दा माथि पार्टीलाई राख्नुपर्ने बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : ०६ बजे

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला । जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार

कांग्रेस संसदीय दलको नेता चयन आज, सर्वसम्मत प्रयास जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना

आज बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज