८ आश्विन २०८३, बिहिबार | September 24, 2026

बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु



बेरूत (लेबनान) । मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको पुष्टि गरेको छ ।

गत सेप्टेम्बर-२३ मा पूर्ण युद्ध सुरु भएदेखि इजरायलले बेरुतको दक्षिणी उपनगर, हिजबुल्लाहको गढमा निरन्तर आक्रमण गरिरहेको छ भने मध्य बेरुतमा तुलनात्मक रुपमा कम आक्रमणहरू भएका छन् ।

बेरुतको रास अल-नबा जिल्लामा भएको पहिलो आक्रमणमा हिजबुल्लाहको मिडिया प्रमुख मोहम्मद अफीफसहित चार जनाको मृत्यु भएको हिजबुल्लाह तथा इजरायली सेनाले जनाएको छ ।

मार इलियासमा भएको दोस्रो आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले इजरायलले मार इलियास क्षेत्रमा आक्रमण गर्दा उक्त स्थानमा द्वन्द्वबाट विस्थापित मानिसहरू पनि रहेका थिए ।

आक्रमणमा जलेको तीव्र गन्धको बिचमा विस्फोट र साइरनको आवाज सुनिएको जनाउदै एएफपीले घटनास्थलमा आगो लागेको र अग्नि नियन्त्रकहरुले नियन्त्रण गर्ने प्रयास गरिरहेको देखाएको छ ।

लेबनानी सुरक्षा स्रोतले नाम नछाप्ने सर्तमा आक्रमणले इलेक्ट्रोनिक्स स्टोर र गाडीमा प्रहार गरेको जनाएको छ । प्यालेस्टिनी उग्रवादी समूह हमास र लेबनानको हिजबुल्लाहसँग सम्बद्ध सुन्नी मुस्लिम समूहलाई उल्लेख गर्दै एनएनएले “जामा इस्लामिया केन्द्रलाई लक्षित” गरेको बताएको छ ।

यद्देपी जामा इस्लामियाका सांसद इमाद हाउटले समूहमा सम्बद्ध केन्द्र वा संस्था आक्रमणले लक्षित गरेको क्षेत्रमा अवस्थित नरहेको र समूहका कुनै पनि सदस्यलाई लक्षित नगरिएको जनजाएको छ ।

यस अघि मध्य बेरुतको रास अल-नबा जिल्लामा गरिएको आक्रमणमा आफिफको मृत्यु भएको थियो । जसलाई इजरायली सेनाले हिजबुल्लाहको “प्रमुख प्रचारक“ भनेर वर्णन गरेको थियो ।

उक्त घटनामा एक महिलासहित चार जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबारको आक्रमण पछि लेबनानका शिक्षा मन्त्री अब्बास हलाबीले बेरुत क्षेत्रका विद्यालय र उच्च शिक्षा संस्थानहरू दुई दिनका लागि बन्द रहने बताउनु भएको छ ।

लेबनानको दक्षिणी टायर क्षेत्रमा आइतबार इजरायली हमलामा ११ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ३ : ३५ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने