२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

हेटौडामा एक साता निषेधाज्ञा थप



मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ ।

यसअघि गत साउन २६ देखि भदौ ८ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो। जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले उक्त स्थानमा आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।

निषेधाज्ञाको समयमा बिहान ५:०० बजेदेखि ८:०० बजेसम्म खाद्यान्न, तरकारी, औषधीलगायत अत्यावश्यक पसल खोल्न र इन्धन खरिद गर्न दिइने भएको छ । पसल खोल्दा, व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नेपालले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी जिल्लाको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा केहि दिन अघिदेखि जारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  २ : ४८ बजे

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण