१८ चैत्र २०८२, बुधबार | April 1, 2026

सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हुँदैन : प्रचण्ड

'राजनीतिमा आउने नयाँ अनुहार लोकतन्त्रका कोपिला हुन्, फूल्न दिऔं'



काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका कोपिला भएकाले उनीहरुलाई फूल्न दिनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन्। जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु’– अध्यक्ष प्रचण्डले भनेका छन्, ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ।’

बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुने उल्लेख गर्दै उनले भनेका छन्– ‘सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १२ : १४ बजे

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन