१० बैशाख २०८३, बिहिबार | April 23, 2026

कांग्रेसद्वारा पिएल सिंहको निधनप्रति शोक प्रस्ताव पारित



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं काठमाडौं नगरपालिका पूर्वनगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्व सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, पुस २ गते मङ्गलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र १३ औँ दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णयसमेत गरिएको पौडेलले बताए ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौं नगरपालिकाका पूर्वनगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौंको चाक्सीबारीमा गएराति १ः०० बजे निधन भएको हो । स्व सिंहले लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकट रहेर कार्य गरेका थिए। नेपालको प्रजातान्त्रिक आन्दोलनमा सङ्लग्न रहँदा उनले पटक–पटक जेल जीवन व्यतीत गर्नुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उनी काठमाडौं नगरपालिकाको पहिलो नगरप्रमुख निर्वाचित भएका थिए। स्व सिंहकै पहलमा विसं २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

यसैगरी विसं २०५६ मा उनी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भएका थिए । स्व सिंहले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ३ : २७ बजे

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग

काठमाडौं । हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको

राष्ट्रपतिद्वारा संसद अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन स्थगित

माछापुच्छ्रे बैंकले बिस्तार गर्यो एम बि एल आइटी कर्जा सेवा

काठमाडौ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंक

सरकारद्वारा राष्ट्रपतिसमक्ष संसद् अधिवेशन स्थगनको सिफारिस, नयाँ मिति अनिश्चित

काठमाडौं । सरकारले यही वैशाख १७ गतेका लागि आह्वान गरिएको

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न वीरगञ्ज महानगरको अनुरोध

वीरगञ्ज । वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको