१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सरकारका कमजोरीलाई रचानात्मक खबरदारी गर्नुहोस् : मुख्यमन्त्री कंडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सरकारलाई कमजोरीलाई रचानात्मक हिसाबले खबरदारी गर्न आग्रह गरेका छन् । नव निर्वाचित नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश तथा जिल्ला नेतृत्वलाई बधाई तथा शुभकामना दिदै मुख्यमन्त्री कंडेलले मिडियाले गर्ने रचनात्मक आलोचनालाई सरकारले सहर्ष ग्रहण गर्ने बताए ।

मिडियाबाट हुने स्वस्थ्य आलोचनाले सरकारलाई सही गन्तव्य पुग्न सहज हुने र सरकार सही दिसा हिडने मुख्यमन्त्री कंडेलको धारणा थियो । प्रेस सधैं रचनात्मक प्रतिपक्षको भूमिकामा रहने भएकोले सरकारका कमजोरीलाई खवरदारी गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । उनले भने, “तपाईहरुको रचनात्मक र स्वस्थ्य खवरदारीले सरकारलाई सहयोग नै पुग्छ।” मिडियाबाट सकारात्मक मात्रै अपेक्षा राख्नु स्वाभाविकै भएपनि मिडियाबाट आफूले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन सकारात्मक मात्रै नभएर तथ्यसहितको रचनात्मक भूमिकाको अपेक्षा राखेको पनि मुख्यमन्त्री कंडेलले सो अवसरमा जानकारी दिए । मिडियाले प्रश्न उठाउनासाथ त्यसलाई विरोधको रुपम बुभ्न नहुने पनि मुख्यन्त्री कंडेलको धारणा थियो ।

सरकारका कमीकमजोरीहरु र ध्यान नदिएका विषयहरुमा मिडियाको स्वस्थ्य र रचानात्मक खबरदारी सरकारको लागि मार्गदर्शन हुने बताउदै उनले मिडियाको खवरदाबारीले थप सरकार प्रभावकारी बन्ने बताए । मुख्यमन्त्री कंडेलले भने “तपाईहरुको रचनात्मक खवरदारी सरकारको लागि मार्गदर्शन हुन्छ, टिप्पणी आयो भनेर सरकारले अन्यथा मान्दैन र लिर्दैन । ”

कार्यक्रममा मुख्यमन्त्री कंडेलले आम संचार बिधयेक काम अगाडी बढाइएकोले त्यसमा महासंघको तर्फवाट सुझाव दिन समेत पत्रकारहरुलाई आग्रह गरे । संचार क्षेत्रको विकास र प्रर्बद्धनमा प्रदेश सरकारले आफनो क्षमता अनुसारका लोककल्याण्कारी विज्ञापन, पत्रकारको स्वास्थ्य तथा उपकरण बीमा र पत्रकारको क्षमता अभिबृद्धि जस्ता कार्यक्रम ल्याएको र त्यसलाई प्रभावकारी संचालनको लागि महासंघले सहजीकरण गर्न मुख्यमन्त्री कंडेलले सुझाव दिए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ८ : ५९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा