२९ मंसिर २०८२, सोमबार | December 15, 2025

‘वर्तमान सरकारलाई असफल हुने छुट छैन’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरतालाईसमाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को आज यहाँ आयोजित छैटौँ केन्द्रीय बैठकमा उनले राजनीतिक स्थायित्वका निम्ति कांग्रेससँग गठबन्धन गर्नुपरेको बताएका हुन् । “अब देशमा अस्थिरतालाई समाप्त पार्ने, राजनीतिक स्थायित्व कायम गर्ने तथा आवश्यकताअनुसार संविधान संशोधन गर्दै संरचनागत सुधारका लागि दुई ठूला पार्टी मिलेका हुन् । प्रमुख पार्टीले मिल्नु परेको हो,” उनले भने ।

प्रमुख दुई पार्टी मिलेर बनेको वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै महासचिव पोखरेलले सरकारलाई सफल बनाउन पार्टीका वरिष्ठ नेताहरुले सक्रियतापूर्वक आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई अझ सुदृढ एवं सङ्गठित बनाउन नेता तथा कार्यकर्ताको सहयोग आवश्यक भएको विचार व्यक्त गरे ।

परिषद्का अध्यक्ष प्राडा दिनेशचन्द्र देवकोटाले अराजक गतिविधि रोक्न नेकपा (एमाले) मात्र नभई सबै राजनीतिक दल र नागरिक समाज पनि लाग्नु पर्ने बताए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : ०६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष