१० बैशाख २०८३, बिहिबार | April 23, 2026

एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मुलुकमा सुशासन र समृद्धिका लागि आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले ‘मिसन ८४’ मा केन्द्रित भएर पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वदेशी उद्योगको प्रवर्द्धनका लागि स्वदेशी वस्तु प्रयोग प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको बैठकले महँगी एवं भ्रष्टाचार अन्त गरी रोजगारी, समृद्धि कायम गर्न सुशासनका पक्षमा जनमत सिर्जना गर्ने निर्णय गरेको हो । देशभर एक पालिका, एक उद्योग ग्राम कार्यक्रम सञ्चालन गरी स्थानीय कच्चा पदार्थको प्रयोग गर्नेगरी घरेलु, साना तथा ग्रामीण उद्योग स्थापना गर्न बैठकले माग गरेको छ ।
अभियानअन्तर्गत पार्टीका एजेण्डा तथा आर्थिक समृद्धिका लागि कृषि क्रान्ति, औद्योगिक विकासलगायत समाजवादका कार्यक्रम जनतालाई सुनाउने सभा सम्मेलन गर्ने कार्यक्रम रहेको पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
आत्मनिभर अर्थतन्त्र बनाउन सन्देश प्रवाह गरिने सो अभियान सफल बनाउन सम्बन्धित जिल्ला तथा प्रदेशले ठाउँठाउँमा साना ठूला सभाको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १० : २८ बजे

कांग्रेस संसदीय दलको विधान पारित, नेता चयनका लागि भोलि निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा

सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन

काठमाडौं । अवदेखि देशभरका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी कार्यान्वयन हुने

स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटना, एक बालकको मृत्यु

काठमाडौं । प्युठानको धार्मिक स्थल स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री