२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बुटवल हस्पिटल प्रा.लि.को सिटिजन बैकसंग सहकार्य



बुटवल । बुटवल हस्पिटल प्रा.लि.संग संघ संस्थाहरुसंगको उपचार सम्झौता अभियानलाई तिब्रता दिएको छ । यसैक्रममा बुटवलमा रहेको सिटिजन बैकसंग एक समारोहका बीच उपचार सम्झौता गरिएको हो ।

बुटवल हस्पिटलले उपचारका लागि सिटिजन बैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ ।

उपचार सझौतासंगै दुई संस्थाका विचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए ।

सो अवसरमा सिटिजन बैक लुम्बिनी प्रदेश प्रमुख प्रमुख हरि प्रसाद घिमिरेले बैक र हस्पिटलका बीचमा भएको सहकार्यले दुवै पक्षलाई आगामी दिनमा थप सहकार्यको बाटो खुला भएको बताए । उनले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले सहकार्यका लागि बुटवल हस्पिटललाई नै रोजेको बताए ।

दुई संस्था बीचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा लिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचीव मोहन पाण्डे, जनल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का बजार प्रमुख सुमन तिमिल्सीना बैकका बुटवल शाखा प्रमुख बिष्णु प्रसाद पोख्रेल, अनिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

आजभन्दा २४ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल अहिले १ सय शैयाका रुपमा संचालनमा रहेको छ । जहां आईसियु, एनआईसियु, एचडियू सहितका उपचार कक्षहरु संचालनमा रहेका छन् ।

अस्पतालमा एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि संरचना निमार्ण गरिएको छ । बुटवल हस्पिटलमा चिकित्सक नर्स सहित २ सय ५० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : १८ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको