१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

बुटवल हस्पिटल प्रा.लि.को सिटिजन बैकसंग सहकार्य



बुटवल । बुटवल हस्पिटल प्रा.लि.संग संघ संस्थाहरुसंगको उपचार सम्झौता अभियानलाई तिब्रता दिएको छ । यसैक्रममा बुटवलमा रहेको सिटिजन बैकसंग एक समारोहका बीच उपचार सम्झौता गरिएको हो ।

बुटवल हस्पिटलले उपचारका लागि सिटिजन बैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ ।

उपचार सझौतासंगै दुई संस्थाका विचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए ।

सो अवसरमा सिटिजन बैक लुम्बिनी प्रदेश प्रमुख प्रमुख हरि प्रसाद घिमिरेले बैक र हस्पिटलका बीचमा भएको सहकार्यले दुवै पक्षलाई आगामी दिनमा थप सहकार्यको बाटो खुला भएको बताए । उनले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले सहकार्यका लागि बुटवल हस्पिटललाई नै रोजेको बताए ।

दुई संस्था बीचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा लिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचीव मोहन पाण्डे, जनल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का बजार प्रमुख सुमन तिमिल्सीना बैकका बुटवल शाखा प्रमुख बिष्णु प्रसाद पोख्रेल, अनिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

आजभन्दा २४ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल अहिले १ सय शैयाका रुपमा संचालनमा रहेको छ । जहां आईसियु, एनआईसियु, एचडियू सहितका उपचार कक्षहरु संचालनमा रहेका छन् ।

अस्पतालमा एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि संरचना निमार्ण गरिएको छ । बुटवल हस्पिटलमा चिकित्सक नर्स सहित २ सय ५० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : १८ बजे

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति