७ श्रावण २०८३, बिहिबार | July 23, 2026

आजका लागि एमाले बैठक सकियो, केन्द्रिय सदस्यहरुले भने : जरासम्म पार्टी पुगेन



काठमाडौं । नेकपा एमालेको केन्द्रिय समितिको बैठक आजका लागि सकिएको छ । आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन ।

आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन ।

अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथी टिप्पणी गर्नका लागि एमालेले ३–३ मिनेटको समय छुट्टाइएको छ ।

केही केन्द्रिय सदस्यले बोल्न बाँकी रहेकाले उनीहरूको धारणा सुनिसके पछि सम्भवतः भोली नै अध्यक्ष ओलीले जवाफ दिएर बैठक सकाउने तयारी एमालेको छ ।

बैठकमा माओवादीबाट आएकाहरू पार्टीभित्र अन्यायमा परेको गुनासो आएको बताइएको छ ।वक्ताहरुले पूर्व माओवादीबाट आएकाहरूलाई कपतपय नेताहरुलाई जिम्मेवारी नदिएर अन्यायमा पारिएको गुनासो गरेका थिए। उनीहरुलाई जिम्मेवारी नदिँदा माओवादीमै फर्किने क्रम सुरु भएको समेत जनाएको स्रोतको भनाई छ ।

धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टी जनतासम्म पुग्न नसक्नुमा नेताहरूमा देखिएको गुटबन्दी कारण रहेको भन्दै त्यसको प्रभाव तल्ला कमिटीमा समेत परेको बताएका थिए ।

धेरैजसो केन्द्रीय सदस्यले पार्टीलाई आधारभूत तहमा सबलीकरण गर्न, पार्टी र जनताको सम्बन्धलाई सुदृढ गर्न वडा केन्द्रीत सङ्गठन अभियान सञ्चालन गर्ने कार्यक्रम कार्यान्वयनका समस्या रहेको बताएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

आजको बैठकमा आफ्नो धारणा राख्ने नेताहरू

सोमबारको बैठकमा राख्नेहरूमा गण्डकीबाट १३ जनाले धारणा राखेका छन् । जसमा कृष्णबहादुर केसी, डा।सूर्य पाठक, मनोहर पौडेल, पदम गिरी, जमिन्द्रमान घले, नवराज शर्मा, नरदेवी पुन, राजीव पहारी, भगवती न्यौपाने, गोविन्दबहादुर नेपाली, मञ्जु चालिसे, सीमा क्षेत्री, कृष्ण पौडेल र कृष्ण थापा रहेका छन् ।

त्यसैगरी बागमतीबाट निर्मल भट्टराई, कृष्णभक्त पोखरेल, धर्मदत्त देवकोटा, कपिलदेव पोखरेल, रूपनारायण श्रेष्ठ, जे।एन। थपलिया, बाबुराम थापा, नारायण सिलवाल, पेम्बा लामा, खेम लोहनी, गीता कार्की, सरिता न्यौपानेले धारणा राखेका छन् । यस्तै बागमतीबाटै सोम मिश्र, पार्वती रावल, नवीना लामा, रचना खड्का, कैलाश ढुङ्गेल, भारती पाठक, डा।प्रेम दंगाल, माधव ढुङ्गेल, टङ्क कार्की, शर्मिला कार्की र गोविन्द दुलालले पनि धारणा राखेका छन् ।

मधेस प्रदेशबाट दिवाकर देवकोटा, गङ्गा यादव, रामरति राम, रामऔतार यादव, प्रम हजारा, अरविन्द सिंह, कुन्दन कुसवाह, अजय गुप्ता, सरिता गिरी यादव, चन्द्रेश्वर मण्डल र सञ्जीवकुमार झाले अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि धारणा राखेका छन् ।

कोशी प्रदेशबाट भगवती चौधरी, खगेन्द्र राई, युवराज बास्कोटा, रामलाल साह, टङ्क आङ्बोहाङ्ग, लक्ष्मी गौतम, किशोर अधिकारी, अईन्द्रसुन्दर नेम्वाङ, राम राना, परशुराम अधिकारी, उषाकला राई, जगदीश कुशियत, घनश्याम खतिवडा, मञ्जु भण्डारी, श्रीप्रसाद जबेगू र अम्बिका थापाले धारणा राखेका छन् ।

त्यसैगरी विभिन्न कार्यक्षेत्रबाट हरदेव जोशी, लालबहादुर थापा, आशा विक, रञ्जना सरकार, सीता गिरी ओली, ममता गिरी, रमेश पौडेल, बिना श्रेष्ठ, सीता लामा, प्रेमकुमार पराजुली, सरस्वती बस्नेत, कल्पना थापा, इन्द्र भण्डारी, श्यामकुमार बस्नेत, राजेन्द्रसिंह रावल, निरुदेवी पाल, नारदमुनि राना, गणेश ठगुन्ना र भैरव सुन्दर श्रेष्ठले धारणा राखेको प्रचार विभाग प्रमुख गौतमले जनाएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ३२ बजे

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट