१० पुस २०८२, बिहिबार | December 25, 2025

एमाले केन्द्रीय समिति बैठक सुरू



काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ। गत आइतवार देखी काठमाडौंमा सुरू भएको केन्द्रिय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहेको हो।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा हिजो ६४ जना केन्द्रिय सदस्य र ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले आ आफ्नो धारणा राखेका थिए । आज बाँकी केन्द्रिय सदस्यहरूले धारणा राख्ने एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अनावश्यक ‘दाउँपेच र छलछाम’ कारण कांग्रेस एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने जनाएका छन ।

कांग्रेसको समर्थनमा बनेको सरकारले ६ महिना भित्र उल्लेख्य प्रगति गरेको दावी गर्दै आर्थिक बिकासमा लागि परेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन ।

सरकारमा नहुदाँ ३.९ प्रतिशतको आर्थिक बृद्दीदरमा सिमित भएको बेला सरकारको नेतृत्वमा आएको दाबी गर्दै ओलीले आफ्नो कार्यकालमा ५.१ प्रतिशतको लक्ष्य चुम्न लागेको दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक देखिएको ओलीको प्रतिबेदन सत्ता सहयात्री कांग्रेस प्रति भने नरम रूपमा प्रस्तुत भएको देखिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १२ : ५३ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न