२५ भदौ २०८३, बिहिबार | September 10, 2026

प्युठानको नारिकोटमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर, ६ सय ४४ बिरामीले लिए सेवा



बुटवल । बुटवल हस्पिटल प्रा.लि.ले प्युठान जिल्लाको गौमुखी गाउपालिका वाड ७ को नारिकोटमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सोहि पालिकाको वडा न ७ संगको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

हस्पिटलका विशेषज्ञ चिकित्सकहरु मार्फत सो क्षेत्रका ६ सय ४४ जना विरामीले शिविरबाट सेवा लिएका हुन् । उनिहरुलाई अस्पतालले उपलब्ध गराएको औषधी समेत वितरण गरिएको थियो ।

शिविरको एक समारोहका विच गौमुखी गांउपालिकाका अध्यक्ष एवं नेपाल गाउपालिका महासंघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णु गिरीले उद्घाटन गरे । जिल्लाकै अत्यन्त विकट क्षेत्रका रुपमा रहेको नारिकोटमा बुटवल हस्पिटलले शिविर गर्नु त्यस क्षेत्रका नागरिकहरुका लागि निकै ठुलो अवसर भएको अध्यक्ष गिरीले बताए ।

उनले बुटवलमा रहेको बुटवल हस्पिटलले लामो समयदेखि बिरामीहरुको सेवा गर्दै आएकोमा अहिले आफै विरामीहरुकै घरमा आएर सेवा दिएको भन्दै अभार प्रकट गरे । अध्यक्ष गिरीले स्वास्थ्यका लागि पालिकाले पनि निरन्तर काम गर्दै आएपनि बरिष्ठ चिकित्सकहरुको अभाव र आर्थिक अवस्थाका कारण नागरिकहरु रोग पालेर बस्ने अवस्था रहेको धारणा राखे । उनले आगामी दिनमा पनि बुटवल हस्पिटल संगको सहकार्य रहरिहने विश्वाश व्यक्त गरे ।

सो अवसरमा पालिका उपाध्यक्ष महाविर रानाले शिविरबाट पाएको सुविधालाई आगामी दिनमा पनि निरन्तरता दिन अपिल गरे । बुटवलमा पाईने विशेषज्ञ सेवा गाउघरमै पाउने वातावरण निमार्ण गरिदिएकोमा उहांले अस्पताललाई आधार प्रकट गरेका थिए । कार्यक्रममा गौमुखी गाउपालिका वडा न ७ का वडा अध्यक्ष कोमल पुरीले स्वास्थ्य क्षेत्रमा स्थापित संस्था बुटवल हस्पिटल प्रा लि संग सहकार्य गर्न पाउदा निकै सन्तुष्टि मिलेको बताए ।

सो अवसरमा नारिकोट स्वास्थ्य चौकीका प्रमुख तारा जिसी, स्थानिय समाजसेवी विर बहादुर केसी, रेम बहादुर गिरी, कमल कुवंर, जुमान जिसी, हुकुम थापा, शिविर सहजिकरण गर्ने प्रविण कुवंर, भरतजंग क्षेत्री लगायतले शिविर नारिकोटका लागि फलदायी भएको बताए ।

शिविर सम्पन्न गर्नका लागि बुटवल हस्पिटल प्रा लि का महिला तथा प्रस्तुती रोग विशेषज्ञ डा विन्दु खरेल, वरिष्ठ फिजिसीयन डा सागर पौडेल, हाड जोर्नी रोग बिशेषज्ञ डा सञ्जीव आचार्य, मेडिकल अफिसर डा अमृत बस्याल, डा सुजन आचार्य, बुटवल हस्पिटलका सिनियर कर्मचारी राजु पौडेल, मार्केटिक म्यानेजर सुमन तिमिल्सीना लगायतको टिम प्युठान पुगेको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत बुटवल हस्पिटल प्रा लि ले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : १८ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार