४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रचण्डको विश्लेषण : ओली सरकार धेरै टाढा जान सक्दैन



सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकार धेरै टाढा जान नसक्ने बताएका छन् ।

बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको बताएका हुन् । उनले सरकार संविधान र जनभावना विपरित गठन भएकोले टाढा जान नसक्ने विश्लेषण गरे । यद्यपी सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको उनले जिकिर गरे ।

उनले भने, ‘नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन । जुन ढ‍ंगले सरकारको जन्म भयो त्यो लामो आयुको छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । यद्यपि चितवनमा शेखर जीहरुसँग भेट हुँदा के कुरा भएको थियो त्यो हुनसक्छ ।

ओली सरकारले भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा मात्र लिप्त रहेको प्रचण्डले दाबी गरे । प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्रै उकुसमुकुस भएको उनले बताए ।

प्रचण्डले आफुहरुले विशेष अधिवेशनको दबाब बढाएपछि मात्र सरकारले संसद अधिवेशन बोलाउन तयार भएको दाबी गरे । उनले ओलीको चाहना अध्यादेशबाटै शासन गर्ने रहेको जिकिर समेत गरे ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १० : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको