१४ कार्तिक २०८३, शनिबार | November 1, 2026

प्रादेशिक महोत्सव दोस्रो दिन, प्रादेशिक महोत्सवमा नृत्य प्रतियोगिता शुरु



नेपालगन्ज । नेपालगन्जमा अन्तर विद्यालय नृत्यतारा २०८१ शुरु भएकोछ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सवको दोस्रो दिनदेखि एकल नृत्य प्रतियोगिता शुरु भएको हो ।

महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शुक्रबार जिल्लाका सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए । प्रतियोेगिताबाट पाँच जना प्रतिस्पर्धी दोस्रो चरणका लागि छनोट भए ।

माघ ११ गतेदेखि १५ गतेसम्म हुने पहिलो चरणमा जिल्लाका ३५ जनाले नृत्यमा भाग लिनेछन् । माघ १६ गतेदेखि १८ गतेसम्म शिर्ष २० जना छनोट हुनेछन् । माघ १९ र २० मा शिर्ष १४ बीच सेमिफिनाले चरणका प्रतिस्पर्धा हुनेछन् । महोत्सव समापन हुने अघिल्लो दिन २१ माघमा शिर्ष १० बीच ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरुस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने बाँकी ७ जनाले जनही ५ हजार र प्रमणपत्र पाउनेछन् ।

वरिष्ठ सल्लाहकार गुरुङका अनुसार सो प्रतियोगिताको पुरस्कार प्रायोजन नेपाल ज्वैलर्स नेपालगन्ज धम्बोझीले गरेकोछ । महोत्सवमा मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकारले हरेक दिन दुई वटा साँस्कृतिक पहिचान झल्कने सामुहिक नृत्य प्रस्तुत गरिरहेकाछन् । स्थानीय गायकगायीकाले आफ्नो प्रस्तुती दिइरहेकाछन् ।

यसैबीच, नेपालगन्जको कारकाँदोस्थित सडक विभाग परिसरमा जारी महोत्सवको दोस्रो दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती दिए । शुक्रबारका दिन महोत्सव भर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । नेपालगन्जसहितका केही पालिकाहरुले दिएकोे चिसो विदाका कारण समेत दर्शकको संख्या बढेको हो ।

महोत्सवकको दोस्रो दिन सज्जन धामी, रितु कँडेल र हाउडे माया उपमाबाट परिचित श्रृजना खत्रीको बेजोड प्रस्तुती रह्यो । उनीहरुले चर्चित गीत गाएर दर्शक तथा अतिथिहरुलाई छमछमी नचाए ।
साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खन बहादुर धामीका अनुसार महोत्सवको तेस्रो दिन शनिबार चर्चित लोक दोहोरी गायिका ज्योति मगरसहित हास्यव्यङ्ग्य दमन रुपाखेती र गजलकार थानेश्वर गौतमको प्रस्तुती रहनेछ ।

महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।

महोत्सवमा मुख्य प्रायोजक के.एल. दुगड ग्रुप, उप–मुख्य प्रायोजक कृषि विकास बैंक, सह–प्रायोजक ओमोडा जेकेव रहेका छन् । नेपालगन्ज उप महानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिका महोत्सवको प्रर्बद्धक छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : १० बजे

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति